टाइगर कप भलिबल : विभागीय डर्बीमा जित निकाल्दै एपिएफ बन्यो च्याम्पियन
शनिबार पोखरा रंगशालाको कभर्डहलमा भएको फाइलन भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बनेको हो।
पोखरा, माघ १४ : पोखरामा जारी टाइगर कप अन्तराष्ट्रिय भलिबलको महिला तर्फको उपाधि एपिएफ क्लबले जितेको छ।
शनिबार पोखरा रंगशालाको कभर्डहलमा भएको फाइलन भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपिएफ च्याम्पियन बनेको हो।
फाइनलमा एपिएफले आर्मीमाथि ३–१को जित निकाल्यो। एपिएफ प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन पनि हो।
एपिएफले पहिलो सेट २५–२० ले जितेको थियो भने दोस्रो आर्मीले २५–२२ जिते पछि खेल रोमाञ्चक बनेको थियो । तर, त्यसपछिका दुई सेट एपिएफले २५–८ र २५–२२ ले जित्यो उपाधि जित्यो।
उपाधि जितेको एपिएफले ट्रफीसहित ५ लाख नगद प्राप्त गर्दा उपविजेतामै सीमित बनेको आर्मीले २ लाख ५० हजार रुपै्रयाँ प्राप्त गरेको छ।
प्रकाशित मिति: १३:२७ बजे, शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











