Kathmandu Press

एकेको गोलमा आर्सनलमाथि सिटीको जित

शुक्रबार इत्तिहाद रंगशालमा भएको खेलमा डिफेन्डर नाथन एकेको निर्णायक गोल मद्दतमा सिटीले आसनलमाथि १–०को जित निकाल्यो।
एकेको गोलमा आर्सनलमाथि सिटीको जित

काठमाडाैं, माघ १४ : एफए कप फुटबलको चौथो चरणमा म्यान्चेस्टर सिटी विजयी भएको छ। शुक्रबार इत्तिहाद रंगशालमा भएको खेलमा डिफेन्डर नाथन एकेको निर्णायक गोल मद्दतमा सिटीले आसनलमाथि १–०को जित निकाल्यो।

यो जितसँगै सिटी एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६४औं मिनेटमा एकेले ज्याक ग्रिलिसको पासमा गोल गर्दै खेलमा सिटीलाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा सिटी विजयी भयो।

खेलमा सिटीले ५४ प्रतिशत बल पोजेसन बनाउँदै ८ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो । यता, आर्सनलले ५ सट प्रहार गर्दा २ सट फ्रेममा थियो।

प्रकाशित मिति: १०:४१ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्