केपी ओली कप राष्ट्रिय फुटबल फागुन दोस्राे साता काठमाडौंमा हुने
आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म संचालन हुने जानकारी दिएको हो।
काठमाडाैं, माघ १३ : केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप फागुन दोस्राे साता काठमाडौंमा आयोजना हुने भएको छ।
आयोजक राष्ट्रिय युवा संघ नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म संचालन हुने जानकारी दिएको हो।
प्रतियोगितामा ए डिभिजन क्लबका ७ र एक आयोजक टोली गरि ८ टिमले प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ। यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ। एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जानकारी दिए।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन्।
त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदयमान खेलाडीले ५० हजार पाउने छन्। प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार नगद पुरस्कार दिइनेछ भने प्रत्येक खेलका म्यान अफ दि म्याचले १५ हजार पाउने छन्। पूर्व प्रधानमन्त्री, राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पौडेलले बताए।
उनले प्रतियोगीताको मुख्य उद्देश्य खेलाडी र खेलकुदलाई सहयोग गर्नु भएको बताए।











