Kathmandu Press

आसिफ सेखले जिते आईसिसीको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड

युवा विकेटकिपर ब्याट्सम्यान आसिफले सन् २०२२को ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड जितेका हुन्।
आसिफ सेखले जिते आईसिसीको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड

काठमाडाैं, माघ १२ : नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेट किपर ब्याट्सम्यान आसिफ सेखले आईसिसीको प्रतिष्ठित अवार्ड जितेका छन्। युवा विकेटकिपर ब्याट्सम्यान आसिफले सन् २०२२को ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड जितेका हुन्।

आईसिसीको यो प्रतिष्ठित अवार्ड जित्ने आसिफ पहिलो नेपाली क्रिकेटर हुन्।

गत वर्ष ओमानमा भएको चार देश सम्मिलित टी–२०  सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाका कारण आसिफ यो अवर्डाको नोमिनेसनमा परेका थिए। खेलमा उनले आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमलसिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले उनलाई रन आउट गरेका थिएनन्।

आसिफको उक्त खेल भावना नेपालमात्र नभएर अन्तर्राष्ट्रिय विश्व चर्चित मिडिया र समर्थकले खुलेर प्रशंसा गरेका थिए ।

आईसीसी आफैंले पनि उनको उक्त भावनाको खुलेर प्रशंसा गरेको थियो । विश्वभर सर्वाधिक चर्चा पाएको २०२२ को उक्त क्षणका कारण आसिफले आईसीसी स्प्रिट अफ द क्रिकेट अवार्ड जितेका हुन् ।

प्रकाशित मिति: १७:४९ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्