युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति
तदर्थ समितिको सहअध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र बिक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन्।
काठमाडाैं, माघ १२ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराँते महासंघको तदर्थ समिति गठन गरेको छ।
राखेपले बिहीबार लामाको अध्यक्षतामा २१ सदस्सीय कराँते महासंघको तदर्थ समिति गठन गरेको हो। तदर्थ समितिको सहअध्यक्षमा दावा गुरुङ, उपाध्यक्षमा पुरेन्द्र बिक्रम लाखे, महासचिवमा हरिशरण केसी, सहमहासचिवमा ओमकृष्ण प्रसाई, सचिवमा श्याम शेर्पा, बलराम मित्र र कोषाध्यक्षमा सानुलाल श्रेष्ठ रहेका छन्।
राखेपले गठन गरेको तदर्थ समितिलाई बैशाख १२ गतेभित्र विधान मस्यौदा तयार गरेर राखेपको स्वीकृतिमा साधारणसभा र निर्वाचन गर्न निर्देश गरिएको छ। कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङले कराँतेको नेपालको इतिहासलाई कायम राख्न नयाँ समितिले काम गर्नुपर्ने बताए।
राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारी अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको तदर्थ समिति गठन गरेको हो।











