Kathmandu Press

सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भयाे : क्यान

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केहि त्रुटी गल्ति भएको स्वीकार गर्दै क्यानको कुनै गलत नियत नभएको समेत स्पष्ट पारेको छ।
सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भयाे : क्यान

काठमाडाैं, माघ १२ : नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-ट्वान्टी क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केहि त्रुटी गल्ति भएको स्वीकार गर्दै क्यानको कुनै गलत नियत नभएको समेत स्पष्ट पारेको छ।

पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गरेको तर सम्झौता पछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्ट्सले धोका दिएको बताए।

स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अव सवै मिलेर नेपाली क्रिकेटलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने उनले बताए। श्रम स्वीकृति ढिला देखि सुरु भएको लिगको विवादमा संघको पनि केहि त्रुटी रहेको चन्दले स्वीकार गरे।

उहाले अहिले लिगमा खेल्ने अधिकांस खेलाडीहरुले पारिश्रमिक पाइसकेको र केहि खेलाडीहरुले पनि छिटै पाउने दावी गरे। उहाले स्पट फिक्सिङ प्रकरणमा प्रहरीलाई क्यानको पूर्ण सहयोग हुने बताउनुभयो। लिग सुरु हुनु भन्दा पहिले नै सम्भावित फिक्सिङलगायतका घटनालाई मध्यनजर गदै सीआइवीलाई पत्र लेखेर प्रतिनिधि पठाउन भने पनि चन्दले बताए।

उनले फिक्सिङ तथा कुनै अनियमिततामा क्यानका कुनै पदाधिकारी संलग्न भए कारवाही भोग्न तयार रहेको धारणा राखे। पत्रकार सम्मेलनमा चन्दले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको र विद्यमान कानून अनुसार नै अघि बढ्ने बताए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गरेको छानबिनमा नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ भन्दै दुई क्रिकेटरलाई पक्राउ गरिएको छ भने फिक्सिङ संलग्न हुन सक्ने आशंकामा अन्य १० जनामाथि पनि अनुसन्धान गरिरहेको छ। 

प्रकाशित मिति: १६:२३ बजे, बिहीबार, माघ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्