बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा
बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० गोल अन्तरमा हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो। बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
काठमाडौं, माघ १२ : बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई १-० गोल अन्तरमा हराउँदै बार्सिलोना अन्तिम चारमा पुगेको हो। बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।
उनले खेलको ५२ औं मिनेटमा गोल गरेका थिए। खेलको ४० औं मिनेटमा ब्रैस मेन्डेजले खराब ट्रयाकल गरेपछि रातो कार्ड पाएर मैदान छाड्नु परेको थियो।
यस्तै ओसासुनाले समेत सेमिफाइनलमा स्थान पक्का गरेको छ । अतिरिक्त समयमा सेभियालाई २–१ ले हराउँदै ओसासुना पनि अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि निर्धारित समयसम्म दुबै टोलीले १-१ गोलको बराबरी खेलेका थिए।
प्रकाशित मिति: ०८:५९ बजे, बिहीबार, माघ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार