Kathmandu Press

कर्जन्हा–१ बन्यो सिरहाकै पहिलो ‘सफा र स्वच्छ नमुना वडा एवं सुरक्षित खानेपनीयुक्त’ वडा

कर्जन्हा–१ बन्यो सिरहाकै पहिलो ‘सफा र स्वच्छ नमुना वडा एवं सुरक्षित खानेपनीयुक्त’ वडा
Hardik ivfHardik ivf

सिरहा, माघ ११ : सिरहाको कर्जन्हा नगरपालिकाको वडा नं. १ लाई पूर्ण सरसफाइ उन्मुख सफा र स्वच्छ एवं सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको छ। कार्यक्रमबीच सो वडालाई पूर्ण सरसफाइ उन्मुख सफा र स्वच्छ एवं सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको हो ।

सफा र स्वच्छ नमुना वडा एवं सुरक्षित खानेपनीयुक्त वडा घोषणा भएको यो सिरहाकै पहिलो वडा हो। डब्लुएचएच र सवल नेपालको आर्थिक तथा प्रावाधिक सहयोगमा वडालाई सफा र स्वच्छ नमुना एवं सुरक्षित खानेपानीयुक्त वडा घोषणा गरिएको हो।

पूर्ण सरसफाइ मार्गदर्शन–२०७३ ले निर्देश गरे बमोजिम कर्जन्हा–१का ६४० घरधुरीमा सरसफाईको बृहत अभियान चलाइएको थियो। वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिकाे अगुवाइमा सञ्चालित कार्यक्रममा स्थानीय क्लब, टोल व्यवस्थापन समिति, बुद्दिजीवीलगायत स्थानीयको सक्रिय सहभागीता थियो।

WhatsApp Image 2023-01-21 at 8.06.00 AM1674661307.jpeg

कर्जन्हा–१लाई सफा र स्वच्छ नमुना वडा एवं सुरक्षित खानेपनीयुक्त वडा घोषणा गर्नुअघि खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति, कर्जन्हाले स्थलगत अनुगमन गरी यसको प्रमाणीकरण गरेको थियो।

कर्जन्हाका नगप्रमुख तथा नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष भोलाप्रसाद पोखरेलले सिरहा जिल्लाकै पहिलो सफा र स्वच्छ नमुना वडा एवं सुरक्षित खानेपानियुक्त वडा घोषणा गर्न सफल भएकोमा गर्व महशुस भएको  बताए। उनले यो पूर्ण सरसफाइको यात्रा अब नरोकिने पनि उल्लेख गरे।

WhatsApp Image 2023-01-21 at 8.58.05 AM1674661307.jpeg

सो कार्यक्रममा उपप्रमुख एवं नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका उपाध्यक्ष लक्ष्मीकुमारी श्रेष्ठले सरसफाइको विषय नौलो कुरा नभए पनि त्यसलाई व्यवहारमा लागु गर्न नसकेकाले अबको दिनमा सरसफाइ र स्वच्छता सम्बन्धि व्यवहारमा निरन्तर सुधार ल्याउनु पर्ने बताइन्।

कार्यक्रममा वडाध्ययक्ष  फडिन्द्र पोखरेलले वडाका हरेक घरमा चर्पी बनेको र चर्पीमा नै दिसापिसाब गर्ने गरेको, हरेक घरमा खानेपानी सम्बन्धि सुरक्षित व्यवहार अपनाएको, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानी भएको, खाना सम्बन्धि सुरक्षित व्यवहार अपनाउने गरेको बताए ।  

rji1674661305.jpeg

कार्यक्रममा सबल नेपालका सिनियर म्यानेजर अशोककुमार साहले खुला दिसामुक्त अवस्थालाई कायम राख्दै पूर्ण सरसफाइको अवस्था हासिल गर्ने लक्ष्यमा कर्जन्हा नगरपालिका अगाडि बढेको भन्दै सफलताको शुभकामना दिए।

WhatsApp Image 2023-01-20 at 6.47.33 PM1674661306.jpeg

 

प्रकाशित मिति: २१:२४ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्