सभापतिका कारण पार्टी कमजोर बन्नुहुँदैन : वरिष्ठ नेता पौडेल
काठमाडौं पुस २० : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै नेता तथा कार्यकर्तालाई समेटी अगाडि बढ्नुपर्ने बताएका छन् । रत्नन....

काठमाडौं पुस २० : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिले सबै नेता तथा कार्यकर्तालाई समेटी अगाडि बढ्नुपर्ने बताएका छन् । रत्ननगर नगर समितिले चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्र विकृति मौलाउन दिन नहुनेमा जोड दिए ।
“सभापतिका कारण पार्टी कमजोर बन्नुहुँदैन ”, पौडेलले भने, “व्यक्तिगत स्वार्थमा कोही लाग्नुहुँदैन, पार्टी बलियो भए मात्र सबै बलियो हुन्छौँ ।” पार्टीलाई रोगमुक्त बनाउन आफूले नौबुँदे सुझाव पेश गरेको नेता पौडेलले जानकारी गराउँदै त्यसलाई कार्यान्वयनमा ल्याउन सभापतिसँग आग्रह पनि गरे । काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभई सत्ता कब्जा गर्ने गरी नेतृत्वले काम गर्नुपर्ने बताए।
काँग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय, कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगरसभापति चार जनालाई सम्मान गरिएको थियो ।








![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

