शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे हात्तीले आक्रमण गर्दा एक महिला घाइते

महेन्द्रनगर, माघ ११ : खरखडाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गएका एक महिला बुधबार दिउँसो जङ्गली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र शाहका अनुसार खर काट्न निकुञ्ज गएकी लालझाडी गाउँपालिका–६ ढक्काका ५५ वर्षीया लल्लु सार्की घाइते भएकी हुन् । प्रहरीका अनुसार हात्तीको आक्रमणबाट गम्भीर घाइतेको बेलौरीमा उपचार भइरहेको छ । गत पुसको तेस्रो साता पनि शुक्लाफाँटा नगरपालिका–१२ मा जङ्गली हात्तीको आक्रमणबाट एक स्थानीय घाइते भएका थिए ।
निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्ताका लागि भन्दै यहाँ दुई दिन खरखडाइ खुला गरेको थियो ।
प्रकाशित मिति: १८:०८ बजे, बुधबार, माघ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












