Kathmandu Press

भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हालै गठित सरकारले भ्रष्टाचारविरुद्ध गरेको प्रतिबद्धताले पारदर्शी समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ। 
भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य

काठमाडाैं, माघ ११ : ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले भ्रष्टाचारविरुद्ध व्यक्त गरिएको नीतिगत प्रतिबद्धता स्वागतयोग्य रहेको बताएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा हालै गठित सरकारले भ्रष्टाचारविरुद्ध गरेको प्रतिबद्धताले पारदर्शी समाज निर्माणमा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ। 

Hardik ivf

साथै टिआई नेपालले नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएका व्यक्ति नियुक्त भएको विषय आमरुपमा उठिरहेको हुँदा त्यसको निक्र्यौल गर्न आग्रह गरेको छ।

'राज्य सञ्चालनका नीतिगत निर्णयमा महत्वपूर्ण भूमिका हुन्छ, नवगठित मन्त्रिपरिषद्मा स्वार्थ जोडिएका व्यक्ति नियुक्त भएको विषय आमरुपमा उठिरहेको हुँदा तत्काल यसको निर्क्याेल  हुनुपर्छ भन्ने मान्यता टिआई नेपालको छ, अन्यथा भ्रष्टाचारविरुद्ध सरकारको प्रतिबद्धता कार्यान्वयन हुन असहज हुने र सरकारप्रतिको जनअपेक्षा निराशातर्फ धकेलिने देखिन्छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

लोकतान्त्रिक मुलुकमा सार्वजनिक पदमा नियुक्त हुने पात्र छनोट गर्दा स्वार्थ बाझिएको छ वा छैन भनी हेर्ने सामान्य प्रचलन भएको टिआई नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: १७:४९ बजे, बुधबार, माघ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्