Kathmandu Press

स्पट फिक्सिङमा ६ विदेशीसहित १० जनाको संलग्नता : सिआइबी

स्पट फिक्सिङको अनुसन्धानका लागि क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वक्रिकेटर महबुब आलमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सिआइबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए।
स्पट फिक्सिङमा ६ विदेशीसहित १० जनाको संलग्नता : सिआइबी

काठमाडाैं, माघ १० : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले हालै नेपालमा सम्पन्न नेपाल टी-२० लिगमा भएको स्पट फिक्सिङमा १० जनाको संलग्नता रहेको जनाएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिआइबीले लिगमा भएको अनियमिता र फिक्सिङमा एक खेलाडीसहित ४ जना नेपाली र ६ जना विदेशी व्यक्ति संलग्न रहेको जनाएको हो, जसमध्ये ४ जनाले बिचौलियाको काम गर्ने खुलेको सिआइबीले जनाएको छ।

Hardik ivf

स्पट फिक्सिङको अनुसन्धानका लागि क्रिकेटर मोहम्मद आदिल आलम र पूर्वक्रिकेटर महबुब आलमलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको सिआइबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

उनका अनुसार महबुब आलमले  कम्तीमा दुई नेपाली खेलाडीहरुलाई आर्थिक प्रलोभन देखाई फिक्सिङ गर्ने प्रयास गरेका थिए भने मोहम्मद आदिल आलम फिक्सरको प्रलोभनमा परी एक वाइड र एक नोबल बल फालेको देखिएको एसपी थापाले जानकारी दिए।

विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरूसमेत स्फट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको उनले बताए।

पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले फिक्सिङ प्रकरणको अनुसन्धानका लागि जिम्मेवारी पाएपछि अनुसन्धान गर्दा फिक्सिङको पुष्टि भएको बताए।

उनले अहिले पक्राउ परेका दुई खेलाडी बाहेक अन्यको बारेमा थप अनुसन्धान भइरहेकाले पछि जानकारी गराउने बताए। स्पट फिक्सिङको प्रमाण संकलन गरेको गरिएको क्यान र सेभेन थ्री लगाएत सवै अनुसन्धानको दायरामा आउने उनले बताए।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३१ मा खेलमा मिलोमतो तथा अनियमितता गर्न नहुने उल्लेख छ भने दफा दफा ३३ सजायमा तीन वर्ष कैद र ५० हजार जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भए सो रकम समेत जफत हुने उल्लेख रहेको सिआइबीले जनाएको छ। 

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्