Kathmandu Press

बर्खास्तीमा परे लाम्पार्ड

लाम्पार्ड गत वर्ष जनवरीमा एभर्टनको प्रशिक्षक बनेका थिए। त्यसपछि एभर्टनले उनको नेतृत्वमा ४४ खेल खलेको छ। त्यसमध्ये एभर्टनले जम्मा १२ खेलमात्र जित्न सकेको छ। 
बर्खास्तीमा परे लाम्पार्ड

काठमाडौं, माघ १० : जारी सिजन रेलिगेसन जोनबाट माथि उठ्न नसकेपछि एभर्टनले मुख्य प्रशिक्षक फ्र्यांक लाम्पार्टलाई बर्खास्त गरेको छ। लाम्पार्ट आएयता क्लबले निरन्तर खराब प्रदर्शन गरेपछि एभर्टनले लाम्पार्डलाई बर्खास्त गरेको हो ।

लाम्पार्ड गत वर्ष जनवरीमा एभर्टनको प्रशिक्षक बनेका थिए। त्यसपछि एभर्टनले उनको नेतृत्वमा ४४ खेल खलेको छ। त्यसमध्ये एभर्टनले जम्मा १२ खेलमात्र जित्न सकेको छ। 

Hardik ivf

जारी सिजन २० खेलमा ३ खेल मात्र लाम्पार्ड गत वर्ष जनवरीमा एभर्टनको प्रशिक्षक बनेका थिए। त्यसपछि एभर्टनले उनको नेतृत्वमा ४४ खेल खलेको छ। त्यसमध्ये एभर्टनले जम्मा १२ खेलमात्र जित्न सकेको छ। जित्न सकेको एभर्टन १५ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ। खराब लयबाट गुज्रिएको उसलाई अब रेलिगेशनबाट बच्न निकै मुस्किल पर्ने छ।

क्लबले निरन्तर खराब प्रदर्शन गरेपछि सम्झौता अवधि डेढ वर्ष बाँकी छँदै लाम्पार्ड बर्खास्त भएका हुन्। ४३ वर्षीय लाम्पार्डले एभर्टनअघि च्याम्पियनसिप क्लब डर्बी काउन्टी र चेल्सीको प्रशिक्षकका रुपमा काम गरेका छन्। 

लाम्पार्ड बर्खास्तीमा परेसँगै उनको स्थानमा बर्नेलीका प्रशिक्षक सेअन ड्याच र लिड्सका पूर्वप्रशिक्षक मार्सेलो बिएल्साको नाम चर्चामा छ । यस्तै वेस्टह्याम प्रशिक्षक डेभिड मोयस तथा एभर्टनकै लिजेन्ड वायन रुनी पनि प्रशिक्षक बन्न सक्ने बताइएको छ।

प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्