Kathmandu Press

कोम्यान बने नेदरल्यान्ड्सको टिमका मुख्य प्रशिक्षक

कोम्यान बने नेदरल्यान्ड्सको टिमका मुख्य प्रशिक्षक

काठमाडौं, माघ १० : रोनाल्ड कोम्यान पुनः नेदरल्यान्ड्सकोे मुख्य प्रशिक्षक बनेका छन्। डच फुटबल एसोसिएसनले कोम्यानलाई सोमबार मुख्य प्रशिक्षक नियुक्त गरेको हो । 

नेदरल्यान्ड्सकै पूर्वखेलाडी ५९ वर्षीय कोम्यान दोस्रो पटक डच टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसअघि उनी सन् २०१८ देखि २०२० सम्म मुख्य प्रशिक्षक थिए। यो अवधिमा नेदरल्यान्ड्सले २० खेलमा ११ खेल जित्दा ४ खेल मात्र हारेको थियो ।

Hardik ivf

स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक बन्न प्रस्ताव गरेपछि कोम्यालने डच टिमबाट राजिनामा दिएका थिए। उनी सन् २०२१ को अक्टोबरमा बार्सिलनोबाट बर्खास्तमा परेपछि खाली थिए ।

डच टिममा कोम्यानले लुइस भानगालको स्थान लिने छन्। कतार विश्वकपको क्वार्टरफाइनलमा अर्जेन्टिनासँग पराजित भएलगत्तै मुख्य प्रशिक्षक लुइस भानगालले राजीनामा दिएका थिए।

खेलाडीका रुपमा डच टिमसँगै आयाक्स, पिएसभी, बार्सिलोना, फियनउडमा बिताएका उनले प्रशिक्षकका रुपमा बार्सिालेना, आयाक्स, बेन्फिाका, पिएसभी, भ्यालेन्सिया, एभर्टन, भिट्सेलगायतका क्लबमा काम गरिसकेका छन्।

प्रकाशित मिति: ०७:३५ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्