Kathmandu Press

काठमाडौं प्रेसको चार वर्ष : हुर्कने र फैलने यात्रामा 

फेक समाचारले हाम्रो लोकतन्त्रलाईनै कसरी कमजोर बनाउँदै लैजान्छ भन्नेमा हामीलाई पूर्ण रूपमा हेक्का छ। यो हिसाबले काठमाडौं प्रेस अन्य समाचार पोर्टलभन्दा केही पृथक् र फरक छ। हामी सत्यको गला घोटेर असत्य सूचनाको खेती किमार्थ गर्ने छैनौं।
काठमाडौं प्रेसको चार वर्ष : हुर्कने र फैलने यात्रामा 

काठमाडौं, माघ १० : छिनछिनमा पाठकलाई सूचना, समाचार र विचार दिने पवित्र उद्देश्यसहित स्थापना गरिएको काठमाडौं प्रेस डट कमले आज चार वर्ष पूरा गरी पाँचौं वर्षमा पाइला टेकेको छ।

पाठकलाई सहज होस् भन्ने उद्देश्यसहित पढ्ने, सुन्ने र हेर्ने तीनैवटा माध्यममार्फत प्रकाशन/प्रसारण हुँदै आएको हाम्रो पोर्टलले पाएको विश्वसनीयताप्रति हामी आभारी छौं।

अनलाइन माध्यमहरूको विश्वसनीयता र पहुँच आम नागरिकमा विस्तार हुँदै गइरहेको छ। यही तथ्यलाई हृदयंगम गर्दै काठमाडौं प्रेस डट कमले विश्व बजारमा भित्रिएका नवीनतम प्रविधिलाई आफ्नो सामथ्र्यले भ्याएसम्म उपयोग गर्दै पाठकलाई थप सहज स्वरूपमा सूचनाको पहुँच दिलाउने प्रयास गरिरहेको छ।

काठमाडौं प्रेस जुनसुकै परिस्थितिमा पनि सदैव लोकतन्त्र र परिवर्तनको पक्षमा उभिएको छ।प्रेस स्वतन्त्रता, नागरिक स्वतन्त्रता, संवैधानिक सर्वोच्चता र विधिको शासनजस्ता लोकतान्त्रिक मूल्य मान्यताप्रति हामी पूर्ण रूपमा सचेत छौं।

पछिल्लो समय कोरोना कहरको महामारी, बजारमा देखिएको आर्थिक मन्दी, अस्वस्थ प्रतिस्पर्धालगायत केही चुनौतीको सामना गर्नुपरेको यथार्थता हाम्रो सामु छ । हाम्रो अनुभवलाई अझै खार्दै र हुर्काउँदै पाठकहरूको अपेच्छा पूरा गर्ने बाटोमा हामी अझै सशक्त भएर अघि बढ्नेछौं। 

पाठक वर्गको विश्वास नै हाम्रो अमूल्य सम्पत्ति हो। यो विश्वासलाई कदापिडगमगाउन दिनेछैनौं। हाम्रो यात्रामा हामी आवाजविहीनहरूको आवाज बनेर अघि बढ्नेछौं। क्लिक, भ्युज र सेयरको नम्बरमा हामी अल्झिने छैनौं। हामी पाठकलाई कुनै पनि फेक समाचारको सिकार हुन नदिन पूर्ण रूपमा प्रमाणित भएका सामग्री मात्रै पस्किनेछौं।

फेक समाचारले हाम्रो लोकतन्त्रलाईनै कसरी कमजोर बनाउँदै लैजान्छ भन्नेमा हामीलाई पूर्ण रूपमा हेक्का छ। यो हिसाबले काठमाडौं प्रेस अन्य समाचार पोर्टलभन्दा केही पृथक् र फरक छ। हामी सत्यको गला घोटेर असत्य सूचनाको खेती किमार्थ गर्ने छैनौं।

आफू स्थापित हुने नाममा हामी कहिल्यै गुणस्तरहीन र कपोकल्पित सामग्रीको पछि लाग्नेछैनौं। पाठकवर्ग र शुभचिन्तकहरूको सुझाव, माया र सहयोग नै हाम्रो प्रेरणाका स्रोत हुन्। यहाँहरूको शुभेच्छाकै कारण हामी आज यहाँसम्म आइपुगेका हौं। फेरिपनि विश्वास छ, आगामी दिनमा पनि यो माया र सद्भाव अझै झाँगिनेछ। र, यहाँहरूकै इच्छाअनुसार काठमाडौं प्रेसले थप गति लिनेछ।

मुलुकको सांस्कृतिक, धार्मिक, भाषिक, राजनीतिक भावनाको सम्मान गर्दै विविधताको जगेर्नामा आगामी यात्रालाई अविचलित रूपमा अघि बढाउने हाम्रो प्रतिबद्धता छ। आगामी दिनमा पनि सधैंझैं सबैसँगको सहकार्य र सकारात्मक आलोचनाको काठमाडौं प्रेसअपेक्षा गर्छ। सकारात्मक आलोचनासँगै प्राप्त सुझावले सही मार्गदर्शन गर्ने हाम्रो ठम्याइ छ।कुनै व्यक्ति वा संस्थाको प्रभावभन्दा टाढा रहेर आम नेपाली नागरिकको पक्षमा उभिने प्रण गर्छाैं।

काठमाडौं प्रेसलाई पाठकसम्म पुर्‍याउने क्रममा अवश्य पनि हामीलाई उद्योगी, व्यापारी, कर्पोरेट हाउसहरू, सरकारी निकायहरूको निरन्तर साथ छ।

हामीलाई यहाँसम्म आइपुग्न सहयोग, सद्भाव र प्रेरणा दिनुहुने विज्ञापनदाता, पाठक, शुभेच्छुक सबैमा सधैंझैं सहयोगको अपेक्षासहित हार्दिक धन्यवाद दिन चाहन्छौं।

प्रकाशित मिति: ०७:०६ बजे, मंगलबार, माघ १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्