Kathmandu Press

यू–२० महिला साफका लागि नेपाली टिमको घोषणा

करिब १ महिना लामो बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार २३ सदस्यीय छनोट गरेका हुन्।
यू–२० महिला साफका लागि नेपाली टिमको घोषणा

काठमाडाैं, माघ ९ : सिनियर टिमका महत्वपूर्ण सदस्य प्रीति राईको कप्तानीमा यू–२० महिला साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ।

करिब १ महिना लामो बन्द प्रशिक्षणपछि मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले सोमबार २३ सदस्यीय छनोट गरेका हुन्।

बन्द प्रशिक्षणमा रहेका ३१ खेलाडी सहभागी थिए। गुरुङले कप्तानीको जिम्मेवारी अनुभवी प्रीति राईलाई दिएका छन्। बन्द प्रशिक्षणबाट पुजा थापा, सुजाता तामाङ, शोभा क्षेत्री, गंगा रोकाया, सुष्मा जीटी, जेनिफर राणा, हीमा रावत र सदिपा भोलान बाहिरिए।

यू–२० महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ।

नेपाली टिम : कविता विक, सावित्री किसान र लिला जोशी (गोलकिपर),  सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ (डिफेन्डर),  तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही (मिडफिल्डर), गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द (स्ट्राइकर) ।

प्रकाशित मिति: २२:०१ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्