Kathmandu Press

यू–१९ विश्वकप छनोटकाे तालिका सार्वजनिक, नेपालको पहिलो खेल सिंगापुरसँग

नेपालले फागुन १३ गते कुवते, फागुन १५ गते हङकङ, फागुन १६ गते मलेसियासँग खेल्ने तालिका छ । यस्तै, समूहको अन्तिम खेलमा नेपालले फागुन १८ गते आयोजक युएईको सामाना गर्ने छ।
यू–१९ विश्वकप छनोटकाे तालिका सार्वजनिक, नेपालको पहिलो खेल सिंगापुरसँग

काठमाडाैं, माघ ९ : सन् २०२४मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपको एसियन छनोटमा नेपालले पहिलो खेल सिंगापुरसँग खेल्ने भएको छ। युएईमा हुने छनोटमा नेपालले फागुन १२ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

नेपालले फागुन १३ गते कुवते, फागुन १५ गते हङकङ, फागुन १६ गते मलेसियासँग खेल्ने तालिका छ । यस्तै, समूहको अन्तिम खेलमा नेपालले फागुन १८ गते आयोजक युएईको सामाना गर्ने छ।

सन् २०१६ पनि यू–१९ विश्वकप खेल्ने योजनामा रहेको नेपालले सो योजना पुरागर्न समूहमा शीर्ष स्थानमा रहनुपर्नेछ।

प्रतियोगिताका लागि मुख्य प्रशिक्षक जगत टमाटाले आइतबार मात्रै सिनियर टिमका सदस्य देव खनाल र गुल्सन झालाई समेट्दै १४ सदस्यीय टिम घोषणा गरेका थिए।

नेपाली टिम आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपरण्, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, गुलशन झा, देव खनाल, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

प्रकाशित मिति: २१:३१ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्