Kathmandu Press

स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते

मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको १९औं संस्करणको मिति सार्वजनिक गरेको हो।
स्पोर्टस अवार्डको १९औं संस्करण आगामी फागुन २३ गते

काठमाडाैं, माघ ९ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हरेक बर्ष हुँदै आएको स्पोर्टस अवार्डको १९ औं संस्करण आगामी फागुन २३ गते काठमाडौंमा हुने भएको छ।

मञ्चले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको १९औं संस्करणको मिति सार्वजनिक गरेको हो।

अवार्डमा २०७८ सालभर नेपाली खेलकुदमा गरेको प्रर्दशनका आधारमा खेलाडी प्रशिक्षक र खेलकर्मीलाई सम्मान गरिने मञ्चका महासचिव प्रज्वल ओलीले जानकारी दिए।

विगतमा जस्तै यसवर्ष पनि स्पोर्टस अवार्डमा ८ प्रमुख विधा समावेश छन्। यस वर्षको उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ।

त्यस्तै एसियन जर्नलिष्ट अवार्डको नाममा एकजना एशियाली खेलकुद पत्रकारलाई सम्मानित गरिने महासचिव ओलीले बताए।

त्यस्तै यस वर्षपनि स्पोर्टस अवार्डको मुख्य प्रायोजकका रुपमा हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ।

कार्यक्रममा मुख्य प्रायोजनको सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र हंशराज एण्ड हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले हस्ताक्षर गरे। 
 

प्रकाशित मिति: १५:४८ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्