Kathmandu Press

प्रतिस्पर्धात्मक खेलमा युनाइटेडमाथि आर्सनलको जित

खेलमा आर्सनलका लागि इडिइ एनकेइटाले २ तथा बुकायो साकाले १ गोल गरे भने युनाइटेडका मार्कस रास्फोर्ड र लिसान्द्रो मार्टिनेज गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलमा युनाइटेडमाथि आर्सनलको जित

काठमाडौं, माघ ९ : इंग्लिस प्रियिमर लिमा लिग लिडर आर्सनल विजयी भएको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले पछि परहेको अवस्था उल्टाउँदै ३-२ को जित निकाल्यो। 

खेलमा आर्सनलका लागि इडिइ एनकेइटाले २ तथा बुकायो साकाले १ गोल गरे भने युनाइटेडका मार्कस रास्फोर्ड र लिसान्द्रो मार्टिनेज गोल गरेका थिए।

१७ औं मिनेटमा मार्कस रास्फोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती थियो । उनले कप्तान ब्रुनो फर्नान्डेसको पासमा गोल गरेका थिए। तर, खेलको २४ औं मिनेटमा आर्सनले बराबरी गोल फर्कायो। एनकेइटाले ग्राटिना जाकाको पासमा गोल गरेका थिए।

५३ औं मिनेटमा खेलमा आर्सनलले अग्रता लियो। उसका लािग बुकायो साकाले टोमियासुको पासमा उत्कृष्ट गोल गर्दै २-१ को अग्रता दिलाएका थिए। तर, ५९ औं मिनेटमा मार्टिनेजले गोल खेललाई बराबरीमा ल्याए।

बराबरीतर्फ उन्मूख खेलको निर्धारित समयको अिन्तम मिनेटमा एनकेइटाले नै गोल गर्दै खेलमा आर्सनललाई अग्रता दिलाए। त्यसपछि गोल नहुँदा युनाटेड विजयी भयो। 

जितसँगै १९ खेलमा ५० अंक जोडेको आर्सनल शीर्ष स्थानमा छ भने ३९ अंकसहित युनाइटेड तस्रो स्थानमा छ।

प्रकाशित मिति: ०८:१८ बजे, सोमबार, माघ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्