Kathmandu Press

म्यानचेस्टर सिटीले टोटेनहमलाई हरायो 

घरेलु मैदानमा सिटीले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो। सिटीको जितमा रियाद महरेजले २ तथा जुलियन अल्भारेज र अर्लिङ हालाण्डले १,१ गोल गरे। टोटेनहमका लागि डेजन कुलुसेभास्की र इमर्सन रोयलले गोल गरे ।
म्यानचेस्टर सिटीले टोटेनहमलाई हरायो 

काठमाडौं, माघ ६ : म्यानचेस्टर सिटीले टोटेनहमलाई हराएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा सिटीले टोटेनहममाथि ४ २ गोल अन्तरको हराएको हो ।

घरेलु मैदानमा सिटीले दुई गोलको अग्रता उल्टाएर जित निकालेको हो। सिटीको जितमा रियाद महरेजले २ तथा जुलियन अल्भारेज र अर्लिङ हालाण्डले १,१ गोल गरे। टोटेनहमका लागि डेजन कुलुसेभास्की र इमर्सन रोयलले गोल गरे ।

जितसँगै सिटीले १९ खेलमा ४२ अंक जोडेर शीर्ष स्थानको आर्सनलसँग अंक दुरी छोट्याएको छ। यस्तै पराजित टोटेनहम २० खेलबाट ३३ अंक जोडेर पाँचौं स्थानमा कामयै छ।

चौथो स्थानमा रहेको न्युक्यासलको १९ खेलबाट ३८ अंक छ। समान खेलबाट ३९ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तेस्रो स्थानमा छ।

प्रकाशित मिति: ०८:५३ बजे, शुक्रबार, माघ ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्