Kathmandu Press

प्रधानसेनापति खुला म्याराथन माघ २८ गते हुने

नेपाली सेनाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २८ गते नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जनाएको छ।
प्रधानसेनापति खुला म्याराथन माघ २८ गते हुने

काठमाडाैं, माघ ५ : प्रधानसेनापति खुला म्याराथन प्रतियोगिता माघको अन्तिम साता आयोजना हुने भएको छ।

नेपाली सेनाले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ २८ गते नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा हुने जनाएको छ।

महाशिवरात्री र आफ्नो सेना दिवसको अवसरमा म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको सेनाले जनाएको छ। प्रतियोगितामा खुला म्याराथन भने पुरुषतर्फ मात्रै हुनेछ।

हाफ म्याराथनमा महिला र पुरुष दुवै विधा समावेश गरिएको भने प्रतियोगितामा १० किलोमिटर र ५ किलोमिटर दौड पनि समावेश गरिएको छ।

म्याराथनको विजेताले ३ लाख नगद पुरस्कार पाउने छ। यस्तै दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ५० हजार गर्दै दशौं स्थानसम्म हासिल गर्नेले क्रमसः नगद पुरस्कार पाउने सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

यसैबीच विभागीय टोली त्रिभुवन आर्मी क्लबको भलिबल टिमलाई एभरेष्ट बैंकले प्रायोजन गरेको छ। बैंकले भलिबल टोलीलाई १० लाख बराबरको प्रायोजन गरेको हो। आर्मीले प्रायोजन रकम भलिबल टोलीको विकासका लागि प्रयोग गरिने जनाएको छ।

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्