Kathmandu Press

स्टार खेलाडी मेस्सी र रोनाल्डो एक अर्कासँग भिड्दै 

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ । यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ ।
स्टार खेलाडी मेस्सी र रोनाल्डो एक अर्कासँग भिड्दै 

काठमाडौं, माघ ५ : स्टार खेलाडी लिओनल मेस्सी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । 

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ । यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ ।

मेस्सी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग खेल्दैछन् । रोनाल्डो अहिले साउदी क्लब अल नासरमा अनुबन्धित भएका छन् ।

मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कतारमा भएको विश्वकप जितेको थियो । 

प्रकाशित मिति: ०७:५६ बजे, बिहीबार, माघ ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्