Kathmandu Press

सुबमन गिलले बनाए दोहोरो शतक

गिलभन्दा अघि सचिन तेन्दुलकर, विरेन्द्र सेवाग, रोहित शर्मा र इशान किशनले एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाएका छन्। 
सुबमन गिलले बनाए दोहोरो शतक

काठमाडाैं, माघ ४ : ओपनर सुबमन गिल एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने चौथो भारतीय खेलाडी बनेका छन्। गिलले हैदरावादमा जारी न्युजिल्यान्डविरुद्ध यो उपलब्धि हासिल गरेका हुन्।

गिलभन्दा अघि सचिन तेन्दुलकर, विरेन्द्र सेवाग, रोहित शर्मा र इशान किशनले एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाएका छन्। 

उनी एकदिवसीय क्रिकेटमा दोहोरो शतक बनाउने समग्रमा सातौं खेलाडी बनेका भने एकदिवसीयको १०औं दोहोरो शतक हो। यसअघि ४ भारतीयसँगै पाकिस्तानका फखर जमान, न्युजिल्यान्डका मार्टिन गप्तिल, वेस्टन्डिजका क्रिस गेललेका दोहोरो शतक बनाएका छन्।

एकदिवसीय क्रिकेटमा रोहित शर्माले ३ दोहोरो शतक बनाएका छन् । उनले सन् २०१४मा श्रीलंकाविरुद्ध सर्वाधिक २६४ रन बनाएका थिए।

पछिल्लो समय उत्कृष्ट लयमा रहेका गिलले न्युजिल्यान्डविरुद्ध ४९औं ओभरमा लागतार लकी फर्गुसनलाई लगातार तीन छक्का प्रहार गर्दै २ सय रन बनाए। यो क्रममा उनले १४५ बलमा १९ चौका र ८ छक्का प्रहार गरे। 

उनले ५०औं ओभरको तेस्रो बलमा हेनरी सिप्लीको बलमा आउट हुनुअघि २०८ रन बनाए। यसअसघि उनले श्रीलंकाविरुद्धको अन्तिम खेलमा पनि शतक बनाएका थिए।

गिलको दोहोरो शतक मद्दतमा भारतले न्युजिल्यान्डलाई ३५० रनको लक्ष्य दिएको छ। गिलका अलावा कप्तान रोहित शर्माले ३४, सूर्यकुमार यादवले ३१ रनको योगदान दिए। न्युजिल्यान्डका हेनरी सिप्ली र डार्यल मिचेलले समान २ विकेट लिए।

प्रकाशित मिति: १७:५४ बजे, बुधबार, माघ ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्