Kathmandu Press

सन् २०१९ मा प्राकृतिक विपद्ले एक अर्ब अमेरिकी डलरभन्दा धेरै क्षति

सन् २०१९ मा जलवायु परिवर्तन सम्बन्धी कम्तीमा १५ वटा प्राकृतिक विपद्ले एक अर्ब अमेरिकी डलरभन्दा धेरै क्षति भएको बेलायती च्यारिटी क्रिस्चियन एडले जनाएको छ। तीमध्ये सात व....

सन् २०१९ मा प्राकृतिक विपद्ले एक अर्ब अमेरिकी डलरभन्दा धेरै क्षति

सन् २०१९ मा जलवायु परिवर्तन सम्बन्धी कम्तीमा १५ वटा प्राकृतिक विपद्ले एक अर्ब अमेरिकी डलरभन्दा धेरै क्षति भएको बेलायती च्यारिटी क्रिस्चियन एडले जनाएको छ। तीमध्ये सात वटाले कम्तिमा पनि १० अर्ब अमेरिकी डलर क्षति भएको संस्थाले जनाएको छ।

यो वर्ष इतिहासकै दोस्रो तातो वर्ष हुने तयारीमा छ। क्रिस्चियन एडको प्रतिवेदनमा उल्लेख गरिएका प्रत्येक विपद् जलवायु परिवर्तनसँग जोडिएको संस्थाले बताएको छ।

“जलवायु परिवर्तनले उत्पन्न गरेको कठोर मौसमले सन् २०१९ मा विश्वका हरेक कुनामा प्रभाव पार्‍यो। दक्षिण अफ्रिकादेखि उत्तर अमेरिका र अष्ट्रेलियादेखि एसियासम्म बाढी, आँधीबेहरी र डढेलोले अस्तव्यस्त र विनाश ल्यायो,” प्रतिवेदनमा भनिएको छ।

Hardik ivf

आधिकारिक तथ्याङ्क, गैरसरकारी संस्था र दातृ निकायको अनुमान, वैज्ञानिक अध्ययन र सञ्चारमाध्यमबाट तयार पारेको प्रतिवेदनमा विपद्ले लाखौं विस्थापित र धेरैको मृत्यु भएको क्रिस्चियन एडले बताएको छ। तीमध्ये सात वटाले १० अर्ब अमेरिकी डलरभन्दा धेरै क्षति पुगेको छ।

उत्तर भारतमा आएको बाढी, चीनमा आएको लेकिमा टाइफुन, अमेरिकामा आएको समुद्री आँधी डोरियन, चीन र अमेरिकामा आएको बाढी, जापानमा आएको हगिबिस र क्यालिफोर्नियाको वन डढेलोले मात्रै २५ अर्ब अमेरिकी डलर बराबरको क्षति पुर्‍याएका छन्।

“ती तथ्याङ्कले क्षतिको कम मुल्याङ्कन गरेको हुनसक्छ। प्राय: यस्ता अंकले बीमा गरिएको क्षति मात्रै देखाउँछ। गुमेको उत्पादकत्व र बीमा नगरिएका क्षतिजस्ता अन्य वित्तिय लागतलाई यसले समावेश गर्दैन,” प्रतिवेदनमा उल्लेख छ।

अधिकांश मृत्यु भारत र दक्षिण अफ्रिकामा भएको घटनामा भएको संस्थाले जनाएको छ। विश्वका सबैभन्दा गरिब मानिसले जलवायु परिवर्तनको परिणामको मूल्य सबैभन्दा धेरै चुकाउनुपर्ने देखाएको संस्थाले बताएको छ।

तुलना गर्दा धनी देशका आर्थिक लागत बढी छ। जापान र अमेरिकाले चार महँगा घटनामध्ये तीन वटा सहनुपरेको छ। सन् २०१८ मा हालसम्मकै उच्च रहेको हरितगृह ग्याँस उत्सर्जन फेरि एक पटक सन् २०१९ मा बढ्ने तयारीमा छ। पृथ्वीको तापक्रम बढ्दै जाँदा यो वर्ष मौसमको कठोरता जताततै देखिएको छ।

मोजाम्बिकमा साइक्लोन इडाइ, जापनमा हगिबिस टाइफून, युरोपमा गएको अभूतपूर्व हिटवेभ, क्यालिफोर्निया र पूर्वी अष्ट्रेलियामा लागेको डडेलो र भेनिसमा आएको बाढी सबै त्यसैको परिणाम हो।

सन् २०१९ मा जलवायु परिवर्तनको प्रभाव यति बढी भयो कि विश्वको तीव्र गतिमा बढ्दो अर्थतन्त्र इन्डोनेसियाले राजधानी डुब्ने डरले अन्यत्रै सार्नुपर्‍यो। 

“उत्सर्जन न्यूनीकरण गर्न तत्काल काम नगरे, आउने बीस वर्षमा विश्वको तापक्रम कम्तिमा पनि ०.५ डिग्री र यो शताब्दीको अन्त्यसम्म थप २ ३ डिग्री सेल्सियस बढ्नेछ,” क्रिस्चियन एडले भनेको छ।

विश्वको मौसम अझै कठोर बन्दै जानेछ। विश्वभरिका मानिसले मूल्य चुकाउनुपर्नेछ। गहन र तीव्र रूपमा उत्सर्जन कटौती गरेर प्रभाव गर्नु नै अबको चुनौती हो।
 

प्रकाशित मिति: ०६:५७ बजे, शुक्रबार, पुस १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्