Kathmandu Press

आज प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन २ : आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले....

आज प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन २ : आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

सरकारको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले ओलीले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । अहिलेसम्म सरकारले गरेका कामका विषयमा सम्बोधनमार्फत देशबासीलाई जानकारी दिने जनाएको छ ।

गत फागुन ३ मा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो ।

सोही अवसरमा आज अपराह्न ४ बजे सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरिएको हाे ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सम्बोधनमा सरकारका एक वर्षका उपलब्धीका विषयमा चर्चा गरिने छ । त्यस्तै, भावी योजनाका विषयमा पनि बोल्ने तयारी गरिएको जनाएको छ ।

प्रकाशित मिति: १०:२१ बजे, बिहीबार, फागुन २, २०७५