Kathmandu Press

सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय समिति

मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो।
सुशासन प्रवर्द्धन गर्न उच्चस्तरीय समिति

धनुषा, माघ २ : मधेस प्रदेश सरकारले सेवा प्रवाह र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँदै सुशासन प्रवद्र्धन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

मुख्यमन्त्री कार्यालयका शासकीय सुधार तथा समन्वय महाशाखाका सचिव नुरहरि खतिवडाको संयोजकत्वमा पाँच सदस्य रहेको समिति गठन गरेको हो।

Hardik ivf

समितिका सदस्यमा अर्थमन्त्रालय, उद्योग वन तथा पर्यटन मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका उपसचिव छन् ।

नवगठित मधेस सरकारको शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो।

उच्चस्तरीय समितिले प्रदेश सरकार मातहतका संरचनामा सेवा प्रवाहमा देखिएको व्यथिति, त्रुटि, समस्या पहिचान गरी त्यसको समाधान गर्न तथा सेवा र विकास निर्माण कार्य छिटोछरितो गर्नेगरी १५ दिनभित्र सुझाव पेश गर्नुपर्ने जिम्मेवारी दिइएको नवनियुक्त विनाविभागीय मन्त्री सरोज यादवले जानकारी दिए।

प्रकाशित मिति: २१:४२ बजे, सोमबार, माघ २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्