रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले उचाल्यो सुपर कप उपाधि

काठमाडौं, माघ २ : रियल म्याड्रिडलाई हराउँदै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको उपाधि जितेको छ।
साउदी अरबको रियादमा आइतबार राति भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन रियललाई ३–१ गोल अन्तरमा हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो।
बार्सिलोनालाई च्याम्पियन बनाउन गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले गोल गरेका थिए। रियलका कप्तान करिम बेन्जेमाले एक गोल फर्काएका थिए।
बार्सिलोनाले सन् २०१८ पछि पहिलो पटक सुपर कपको उपाधि उचाल्यो।
प्रकाशित मिति: ०८:०० बजे, सोमबार, माघ २, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











