सेती खाेँचमा राति पनि खाेजी कार्य जारी राखिने

काठमाडाैं, माघ १ : पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा बेपत्ता रहेकाहरूकाे राति पनि खाेजी कार्य जारी राखिने भएकाे छ।
जहाजमा रहेका चार जना अझै बेपत्ता रहेकाे कारण राति पनि बत्ती जडान गरेर खाेजी गरिने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।
दुर्घटनामा परेका मध्ये अहिलेसम्म ६८ जनाको शव फेला परेको र तीमध्ये ४७ जनाको शव गण्डकी अस्पतालमा पुर्याइएको छ।
बाँकी २१ शव पनि अस्पतालमा पुर्याउने तयारी भइरहेको छ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोली खोजीमा खटिएको छन्। नेपाली सेनाका मात्रै दुई सय बढी खटिएका छन्।
त्यसैगरी प्रहरी र सशस्त्र प्रहरी पनि सयौंको संख्यामा खटिएका छन्। काठमाडौंबाट सशस्त्र प्रहरीको गोताखोरको टोली पनि पोखरा गएको छ।
उक्त टोलीले बत्ती, क्रेन लगायतको सहयोगमा खोजी कार्य जारी नै राख्न लागिएको हो।











