Kathmandu Press

कोसी र कमला नदीमा नुहाउनेको भीड

कोसी र कमला नदीमा नुहाउनेको भीड

राजविराज, माघ १ : मकरसङ्क्रान्ति पर्वका अवसरमा आज सप्तकोसी नदीमा नुहाउने (स्नान) को भीड लागेको छ  । 

हिन्दू धर्मावलम्बीले मनाउने मकरसङ्क्रान्ति पर्वमा नदीमा नुहाउनाले पाप कट्ने र पुण्य प्राप्ति हुने जनविश्वास छ । कोसी नदीमा सुनसरी र सप्तरी जिल्ला, भारतको विहार राज्यअन्तर्गत सुपोल जिल्लाका विभिन्न गाउँ, सहरका मानिस आज दिनभरि आएको स्थानीय देवनारायण विश्वासले बताए। 

Hardik ivf

नुहाएपछि स्थानीय मठमन्दिर तथा भारदहमा रहेको कङ्कालनी भगवती मन्दिर र कोसी ब्यारेजमा रहेका हनुमानजीको मन्दिरमा पूजाआजसमेत गर्ने गरेको जनाइएको छ ।

त्यस्तै सिरहाको कमला नदीमा धनुषा र सिरहाका हिन्दू धर्मावलम्बी आज बिहानैदेखि सो नदीमा नुहाउने गरेको कमला सिँचाइ आयोजनाका इन्जिनियर अरुणकुमार यादवले बताए। साँझपख कमला र कोसी नदी छेउमा किनमेलका लागि मेलासमेत लागेको बताइएको छ ।

प्रकाशित मिति: १८:५० बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्