Kathmandu Press

यो श्री ३ महाराज जस्तो : सासद पोखरेल

‘संसद्‌मा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो। आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो । सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो। राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो । यो कस्तो सरकार हो?,’
यो श्री ३ महाराज जस्तो : सासद पोखरेल

काठमाडौं, असोज १५ : नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार कस्तो हो? भनेर प्रश्न गरेका छन् । बिहीबार  प्रतिनिधिसभा बैठकमा उनले सरकारलाई ‘श्री ३ महाराज जस्तो’ भनेर कटाक्ष गरे। 

‘संसद्‌मा बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री भएकाले यो सरकार संवैधानिक सरकार जस्तो। आफ्नै दलको बैठकमा नजाने निर्दलीय सरकार जस्तो । सर्वदलीय बैठकमा नजाने एकदलीय सरकार जस्तो, भूमिगत गिरोहबाट चल्ने पञ्चायती सरकार जस्तो। राष्ट्रपतिलाई नजरअन्दाज गर्ने श्री ३ महाराज जस्तो । यो कस्तो सरकार हो?,’

उनले वर्तमान सरकार महाभारतकालीन जरासन्ध जस्तो देखिने टिप्पणी गरे।

प्रकाशित मिति: १२:०४ बजे, बिहीबार, असोज १५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्