Kathmandu Press

विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न

विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न

काठमाडाैं, माघ १ : नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।

विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा सेनाले उद्धार कार्य गरिरहेको उनले बताए। विमान अप्ठेरो खाेँचमा दुर्घटना भएकाले सेनासहितका सुरक्षाकर्मीले तत्काल आगो निभाउने र छरिएर रहेका शवलाई डोरी, भर्‍याङ र विशेष उपकरणको सहयोगमा निकाल्ने काम गरिरहेको छ ।

प्रकाशित मिति: १८:४८ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्