उत्कृष्ट पुनरागमनसँगै युनाइटेडले सिटीलाई हरायो
शनिबार भएको खेलमा ६० मिनेटमा सिटीले गोल गरेर अग्रता लिएको थियो । तर ४ मिनेटभित्रै २ गोल गरेर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ७८ मिनेटमा ब्रुनो फर्नान्डेज र ८२ मिनेटमा मार्कुस रास्फोर्डले गोल गरेर युनाइटेडलाई जिताए ।
काठमाडौं, माघ १ : इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी भिडन्तमा युनाइटेडले सिटीमाथि २-१ गोलको पुनरागमन जित निकालेको छ।
शनिबार भएको खेलमा ६० मिनेटमा सिटीले गोल गरेर अग्रता लिएको थियो । तर ४ मिनेटभित्रै २ गोल गरेर युनाइटेडले उत्कृष्ट पुनरागमन गर्यो । ७८ मिनेटमा ब्रुनो फर्नान्डेज र ८२ मिनेटमा मार्कुस रास्फोर्डले गोल गरेर युनाइटेडलाई जिताए ।
लिग शीर्ष स्थानको आर्सनल र सिटीबीच ५ अंकको अन्तर छ। आर्सनलको १७ खेलबाट ४४ अंक र सिटीको १८ खेलबाट ३९ अंक छ। युनाइटेड ३८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।
प्रकाशित मिति: ०७:२३ बजे, आइतबार, माघ १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार