Kathmandu Press

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

जनकपुरधाम, पुस २९ : जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रङ्गभूमि मैदान बाह्र बिघामा प्रतियोगिता हुने आयोजक संस्थाका सञ्चालक तथा राष्ट्रिय क्रिकेट टिमका खेलाडी हरिशङ्कर साहले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा संस्थागत र सरकारी विद्यालयको टिम सहभागी हुने छन् । करिब १६ टिमलाई चार समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतियोगिता सञ्चालन गरिने छ । 

सोभन्दा बढी टिमको सहभागिता भए छनौट खेल गरी लिगमा सहभागी गराइने आयोजक साहले बताए । डिउज बलले हुने खेल २० ओभरको खेलाइने छ । प्रतियोगितामा खेलाडीको प्रोत्साहनका लागि सबै विधामा पुरुस्कारको व्यवस्था गरिएको छ । 

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट अवकासप्राप्त नवीन सिंहले खेलमा बालबालिकाको रुचि बढाउन प्रतियोगिता हुन लागेको बताए । खेलले शारीरिक र मानसिकरूपमा स्वस्थ बनाउने हुनाले बालबालिकालाई अनिवार्य खेलकुदमा लगाउनुपर्ने उनले बताए।

प्रकाशित मिति: २०:५१ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्