Kathmandu Press

राष्ट्रिय भलिबल : एपिएफलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

राष्ट्रिय भलिबल : एपिएफलाई पराजित गर्दै त्रिभुवन आर्मी सेमिफाइनलमा

काठमाडौं, पुस २९ं : सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप०को कभर्डहलमा आज भएको खेलमा आर्मीले समूहको अन्तिम खेलमा एपिएफलाई ३–२ को सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। यस खेलसँगै उक्त च्याम्पियनसिपअन्तर्गत महिलातर्फ खेलको सेमिफाइनल समीकरण पूरा भएको छ।
 
खेलमा पहिलो सेट आर्मीले २५–२० ले जितेको थियो । तर दोस्रो र तेस्रो सेट एपिएफले क्रमशः २५–१९ र  २५–१३ ले जितेको थियो । तर आर्मीले चौथो र पाँचौ सेटमा क्रमशः २५–२२ र १५–५ को जित निकाल्दै आर्मी समूह विजेता बन्यो भने एफिएफ उपविजेता बन्यो । 

अब सेमिफाइनलमा आर्मीले न्यू डायमण्ड युथ स्पोर्टस क्लबको सामना गर्नेछ । त्यस्तै अर्को सेमिफाइनल खेलमा एपिएफ र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै सेमिफाइनल खेल भोलि हुनेछन् । च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले दुई लाख तेस्रो हुने टोलीले रु एक लाख पाउने आयोजकले जानकारी दिएको छ।  

प्रकाशित मिति: १७:३३ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्