Kathmandu Press

सुपर कपको फाइनलमा बार्सिलोना, उपाधी भिडन्त रियल म्याड्रिडसँग 

टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे। यता रियल बेटिसका लागि विलियम जोश र लोरेन मोरोनले गोल गर्दा जुआनमी र विलियम कार्भाल्हो चुकेका थिए।
सुपर कपको फाइनलमा बार्सिलोना, उपाधी भिडन्त रियल म्याड्रिडसँग 

एजेन्सी, पुस २९ : रियल बेटिसलाई हराउँदै क्याटलान क्लब बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

ला लिगा प्रतिद्धन्द्धी रियल बेटिसलाई टाइब्रेकरमा ४–२ ले हराउँदै बार्सिलोनाले उपाधि भिडन्तमा रियल म्याड्रिडसँगको भेट पक्का गरेको हो। निर्धारित र अतिरिक्त समयमा नतिजा ननिस्किएसँगै खेल टाइब्रेकरमा लम्बिएको थियो।

टाइब्रेकरमा बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, फ्रान्क केस्सी, अन्सु फाती र पेड्रीले गोल गरे। यता रियल बेटिसका लागि विलियम जोश र लोरेन मोरोनले गोल गर्दा जुआनमी र विलियम कार्भाल्हो चुकेका थिए।

त्यसअघि साउदी अरबको किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको निर्धारित समयमा १ १ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त समयमा पनि थप १-१ गोलसहित २-२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट गरिएको थियो। अब बार्सिलोनाले उपाधिका लागि रियल म्याड्रिडसँग खेल्नेछ।

रियलले बुधबार भ्यालेन्सियालाई टाइब्रेकरमै ४–३ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। फाइनल आगामी आइतबार हुनेछ।

प्रकाशित मिति: ०८:४४ बजे, शुक्रबार, पुस २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्