विश्वकपपछि मेसीको पहिलो गोल, पिएसजीको सहज जित
गएराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २ -० को सहज जित निकालेको हो। पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे। विश्वविजेता मेसीले विश्वकपपछिको आफ्नो पहिलो खेलमै गोल गर्न सफल भएका हुन्।
काठमाडौं, पुस २८ : विश्वकपपछि भएको आफ्नो पहिलो खेलमा मेसीले गोल गरेपछि पिएसजीले फ्रेन्च लिग वानमा सहज जित निकालेको छ।
गएराति एन्जर्सविरूद्ध घरेलु मैदानमा पिएसजीले २ -० को सहज जित निकालेको हो। पिएसजीको जितमा मेसी र ह्यूगो इकिटिकेले गोल गरे। विश्वविजेता मेसीले विश्वकपपछिको आफ्नो पहिलो खेलमै गोल गर्न सफल भएका हुन्।
एम्बाप्पे बिदामा रहेको खेलको अन्त्यतिर इमारले गरेको गोल अफसाइड हुँदा पिएसजीले अग्रता बढाउने मौका गुमायो। यो जितसँगै पिएसजीले लिगमा ६ अंकको अग्रता बनाएको छ।
गएराति नै दोस्रो स्थानमा रहेको लेन्सले स्ट्रासबर्गसँग २–२ गोलको बराबरी खेलेपछि पीएसजी लिग १ को शीर्ष स्थानमा ६ अंकले अग्रता बनाएको हो।
प्रकाशित मिति: ०७:५१ बजे, बिहीबार, पुस २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार