नेपाल टि-२० : उपाधिका लागि विराटनगर र लुम्बिनी भिड्दै
फाइनल खेल यी दुई टिमबीच कीर्तिपुर मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। विराटनगर मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो।
काठमाडौं, पुस २७ : नेपाल टि–२० क्रिकेट लिगको आज फाइनल खेल हुँदैछ। उपाधिका लागि विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार भिड्दैछन्।
फाइनल खेल यी दुई टिमबीच कीर्तिपुर मैदानमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ। विराटनगर मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै उपाधि नजिकै पुगेको हो। त्यस्तै लुम्बिनी पनि पहिलो क्वालिफायरमा जनकपुरलाई ६ रनले हराउँदै फाइनलमा पुगेको हो।
यो लिगको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ। यस्तै उपविजेताले ३० लाख, तेस्रो हुनेले १० लाख र चौंथो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।
पहिलो संस्करणको नेपाल टि–२० क्रिकेट लिगमा लुम्बिनी अल स्टार, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, काठमाडौं नाईट्स, पोखरा एभेन्जर्स र फार वेस्ट युनाईटेड गरी ६ टोलीको सहभागिता थियो।
प्रकाशित मिति: ०८:५१ बजे, बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











