Kathmandu Press

बेलले लिए फुबटलबाट सन्न्यास

कतार विश्वकपको वेल्सको कप्तानी गरेका ३३ वर्षीय बेलले सोमबार एक विज्ञप्ति जारी गर्दै क्लब र अन्तर्राष्ट्रिय दुवैबाट सन्न्यास लिने घोषणा गरेका हुन्।
बेलले लिए फुबटलबाट सन्न्यास

काठमाडाैं, पुस २५ : रियल मड्रिड तथा टोटनहमा स्टार ग्यारेथ बेलले फुटबलबाट सन्न्यास लिएका छन्। कतार विश्वकपको वेल्सको कप्तानी गरेका ३३ वर्षीय बेलले सोमबार एक विज्ञप्ति जारी गर्दै क्लब र अन्तर्राष्ट्रिय दुवैबाट सन्न्यास लिने घोषणा गरेका हुन्।

बेलले सोचविचार गरेरै यो निर्णय लिएको बताएका छन् । ‘मैले सोचेरै यो निर्णय लिएको छु । मलाई मनपर्ने खेल फुटबल खेल्न पाउँदा आफैंलाई भाग्यशाली महसुस गर्छु,’ उनले लेखेका छन्, ‘फुटबलले मलाई जीवनकै केही उत्कृष्ट क्षणहरु दिएको छ। १७ सिजन उच्चस्तरको रह्यो, त्यसलाई दोहो¥याउन असम्भव छ।’

बेलले रियलमा आफ्नो फुबटल करिअरको महत्वपूर्ण ८ सिजन बिताएका थिए। त्यसबीच उनले रियलका लागि २५८ खेल खेल्दै ११६ गोल गरेका छन् । जसमा उनले ५ च्याम्पियन्स लिग, ३ ला लिगासहित १६ उपाधि जितेका छन्।

सन् २०१३मा रियल आउनुअघि उनले टोटनहमबाट २०३ खेल खेल्दै ५५ गोल गरेका थिए । सन् २०२२ मा उनी फ्रि ट्रान्सफरमा रियलबाट अमेरिकन क्लब लस एन्जलसमा गएका थिए। त्यहाँ उनले १३ खेल खेल्दै ३ गोल गरेका थिए।

सन् २००४ मा वेल्सको सिनियर टिममा डेब्यू गरेका बेलले १११ खेल खेल्दै ४१ गोल गरको छन्।

 

प्रकाशित मिति: २१:३६ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्