Kathmandu Press

संसदको पहिलो बैठकमै रेशम चौधरीको रिहाईको माग 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाईको माग गरेकी छन् । 
संसदको पहिलो बैठकमै रेशम चौधरीको रिहाईको माग 

काठमाडौ, पुस २४ : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीको रिहाईको माग गरेकी छन् । 

सोमबार प्रतिनिधि सभाको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी लगायत उक्त घटनामा संलग्न रहेको आरोपमा थुनिएका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ताहरुलाई रिहा गर्न माग गरेकी छन् ।

उनले टीकापुर घटना बन्द कोठामा भएको घटना नभई एक राजनीतिक घटना रहेको बताइन् । उक्त घटनामा रेशम चौधरी लगायतका कार्यकर्ताहरुको कुनै संलग्नता नरहेतापनि थारु रहेकै कारण जेल चलान् गरिएको उनले बताइन् । 

कानुनले पनि वारदातस्थलमा नरहेकालाई अपराधी नमान्ने बताउँदै श्रेष्ठले घटना भएको दिन रेशम चौधरी घटनास्थलबाट २१ किलोमिटर टाढाको टावरको सम्पर्कमा रहेको बताइन् ।

‘रेशम चौधरी र निर्दोष थारुहरुले के मागेका थिए र ? हामी यो देशका भूमिपुत्र हौं । हामीलाई पनि थारु हुनुको परिचय देउ भनेको होइनौं र ? आफ्नै देशमा आफैसँग पहिचानको अस्तित्व खोज्दा जेल जानुपर्छ,’ उनले भनिन् ।

प्रकाशित मिति: १६:१२ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्