Kathmandu Press

‘नागरिकता विधेयकक पारित गरेर अनागरिकलाई नागरिक बनाउने काम गरौं’

नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गदैृ उनले यादवले लामो समयदेखि अड्किएको विधेयक अहिलेका संसदले चाँडै पारित गरिनुपर्नेमा जोड दिए।
‘नागरिकता विधेयकक पारित गरेर अनागरिकलाई नागरिक बनाउने काम गरौं’

काठमाडौं, पुस २५ : जनता समाजवादी पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादवले नागरिकता विधेयकबारे आवाज उठाएका छन्।

नयाँ प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गदैृ उनले यादवले लामो समयदेखि अड्किएको विधेयक अहिलेका संसदले चाँडै पारित गरिनुपर्नेमा जोड दिए।

‘दुवै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिको कार्यालयमा अड्किएको छ,’ उनले भने, ‘नेपाली नागरिकका सन्तान अन्यायमा परेका छन्। नागरिकता विधेयक पारित गरेर नागरिक बनाउने काम गरौं।’

उनले नागरिकता विधेयक पारित नहुँदा नागरिकहरूअनागरिक हुन बाध्य भएको बताए। ‘देशका अधिकांश नागरिक अनागरिक भएर बसेका छन्। जन्मसिद्धका सन्तान अहिले पनि आमबुवा नागरिक र आफै अनागरिक भएर बसेका छन्,’ उनले भने।

अहिलेका संविधानमा संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता राम्रा पक्ष भए पनि देशका अधिकांश समुदायको भावनालाई सम्बोधन नगरिएको बताए।विगतमा संघीयता कार्यान्वयन गर्न विभिन्न सरकारले नीति तथा कार्यक्रममा राखे पनि कार्यान्वयन पक्ष फितलो भएको उनको भनाइ थियो।

संविधान जारी भएको लामो समय भइसक्दा पनि संघीयताको कार्यान्वयन गर्ने कुरामा सरकार चुक्नु कमजोरी रहेको उनले बताए। अहिले प्रदेशलाई कमजोर बनउने काम भइरहेको पनि उृनले बताए।

‘प्रदेशलाई अझै आर्थिक र वित्तीय प्रणाली हस्तान्तरण भएको छैन। केन्द्रीकृत सरकार फर्काउने तयारी भइरहेको छ,’ उनले भने। प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: १५:४६ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्