Kathmandu Press

प्रदेश १ मा मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन

एमालेबाट तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्ति सिटौला र जनता समाजवादी पार्टी (जसपा) बाट निर्मला लिम्बूले शपथ लिएका हुन्।
प्रदेश १ मा मुख्यमन्त्री कार्कीसहित तीन मन्त्रीले लिए शपथ, माओवादी सहभागी भएन

काठमाडौं, पुस २५ : आइतबार प्रदेश १ का मुख्यमन्त्रीमा नियुक्त हिक्मत कार्कीसँगै तीनजना मन्त्रीले आज (सोमबार) शपथ लिएका छन्।

उनीहरुलई प्रदेश प्रमुख परशुराम खापुङले सोमबार पद तथा गोपनीयताको शपथ दिलाएका छन्। मुख्यमन्त्री कार्कीले आजै तीनजनालाई मन्त्रीमा नियुक्त गरेका हुन्।

एमालेबाट तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भक्ति सिटौला र जनता समाजवादी पार्टी (जसपा) बाट निर्मला लिम्बूले शपथ लिएका हुन्।

माओवादी केन्द्र दुर्गा प्रसाद चापागाईंको नेतृत्वमा सरकारमा जाने तयारी भए पनि अन्ततः तीन जना मात्र मन्त्री नियुक्त गरिएको हो। 

माओवादी केन्द्र संसदीय दलले भने प्रदेश १ को सरकारको आलोपालो नेतृत्व गर्ने सहमति नभएसम्म सरकारमा नजाने बताएको छ। आज (सोमबार) बसेको दलको बैठकले केन्द्रमा पाँच वर्ष पूरा कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने विषय नसच्याएसम्म सरकारमा सामेल नहुने निर्णय भएको बताइएको छ।

केन्द्रको सहमतिअनुसार प्रदेश १ मा सभामुख माओवादी  र उपसभामुख एमालेको भागमा परेको छ। 

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, पुस २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्