३३ सांसदको समर्थनसहित गण्डकीको मुख्यमन्त्रीमा खगराजको दाबी पेस
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।
काठमाडौं, पुस २५ : गण्डकी प्रदेशको मुख्यमन्त्री बन्न एमाले प्रदेश संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । सोमबार प्रदेश सभाका ३३ सांसदको समर्थन जुटाउँदै अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेस गरेका हुन् ।
६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका छन् ।
केन्द्रीय सत्तारुढ दलमा आइतबार बेलुकामात्र भएको प्रदेशको भागबण्डामा गण्डकी प्रदेश पूरै कार्यकालका लागि एमालेलाई परेको छ । यहाँ अधिकारी पाँचैवर्ष मुख्यमन्त्री बन्नेछन् । उनी एमालेको स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख समेत हुन् ।
मुख्यमन्त्री एमालेले पाउँदा गण्डकीमा माओवादीले सभामुख प्राप्त गरेको छ ।
प्रकाशित मिति: १५:०७ बजे, सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार