Kathmandu Press

नेपाल टी-२० लिग : लुम्बिनी फाइनलमा

आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्समाथि ६ रनको जित निकाल्दै लुम्बिनी फाइनल पुगेको हो।
नेपाल टी-२० लिग : लुम्बिनी फाइनलमा

काठमाडाैं, पुस २४ : लुम्बिनी अल स्टार नेपाल टी-२० लिगको फाइनल पुगेकाे छ। आइतबार भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्समाथि ६ रनको जित निकाल्दै लुम्बिनी फाइनल पुगेको हो।

लुम्बिनी शीर्ष र जनकपुर दोस्रो स्थानमा रहँदै क्वालिफायर पुगेको हो। लुम्बिनीसँग पराजित भएपनि जनकपुरले फाइनल पुग्ने अर्को मौका पाउने छ। उसले भोलि हुने एलिमिनेटरको विजेतासँग पुनः दोस्रो क्वालिफायर खेल्नेछ।

लुम्बिनीले दिएको १४४ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो। उसका लागि सामिउल्लाह सेनवारीले सर्वाधिक ४५ रन बनाए। उनले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गरे। 

यस्तै, पवन सर्राफले १९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाउँदा सरारुद्दिन असरफले २४ र राजेश पुलामीले १३ रन बनाए।

बलिङमा जनकपुरका विपुल शर्मा, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान २ विकेट लिँदा साल्कविकले १ लिए। 

पहिला ब्याटिङ गरेको लुम्बिनीले निधाएरित ओभरमा ८ विकेटको क्षतिमा १४३ रन बनायो। उसका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए। उनले ३९ बलमा ३ चौका र १ छक्का प्रहार गरे। 

यस्तै, अनिल शाहले २४, विपुल शर्माले २० र साड्ली भान साल्कविकले ८ बलमा १७ रन बनाए। जनकपुरका असन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले समान २ विकेट लिए।
 

प्रकाशित मिति: १५:४८ बजे, आइतबार, पुस २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्