ला लिगा फुटबलमा रियल मड्रिड पराजित
शनिबार राति भएको खेलमा रियललाई भिल्ला रियलले २-१ गोल अन्तरले हराएको हो। भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक/गोल गरे।
काठमाडौं, पुस २४ : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ।
शनिबार राति भएको खेलमा रियललाई भिल्ला रियलले २-१ गोल अन्तरले हराएको हो। भिल्ला रियललाई जित दिलाउन एरिमी पिनो र जेरार्ड मोरेनोले एक एक/गोल गरे।
रियलका करिम बेन्जिमाले एक गोल फर्काए। भिल्लाले १६ खेलमा २७ अंक जोडेको छ। रियल ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ।
हारसँगै रियलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।
प्रकाशित मिति: ०७:४६ बजे, आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार