संकटाले जित्यो आहा–रारा पोखरा गोल्ककप
शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बिवाईएससी) लाई ३-२ ले हराउँदै संकटाले दोस्रो पटक आहा-रारा पोखरा गोल्ककपको उपाधि जितेको हो।
पोखरा, पुस २३ : आहा-रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ।
शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बिवाईएससी) लाई ३-२ ले हराउँदै संकटाले दोस्रो पटक आहा-रारा पोखरा गोल्ककपको उपाधि जितेको हो।
निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाका लागि सुनिल बल, सुरजज्यु ठकुरी, मेसुके ओलुमोउले गोल गरे भने बीवाईएससीका रेने सान्टिलोन र विलिस ग्रिफिथले गोल गरेका थिए।
आठौं मिनेटमा सुरजको गोलमा खेलमा संकटाले सुरुआती अग्रता लियो। ३५औं मिनेटमा ओलुमोउले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए।
३७औं मिनेटमा सान्टिलोनले गोल गर्दै बीवाईएससीलाई खेलमा फर्काए। पहिलो हाफकै इन्जुरी सयममा ग्रिफिथले गोल गर्दै खेललाई २-२ गोलको बराबरीमा ल्याए।
पहिलो हाफमा ४ गोल भएको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन र खेल अतिरिक्त समयमा गयो। अतिरिक्त समयको २७औं मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई च्याम्पियन बनाए।
उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ प्राप्त नगद पुरस्कार प्राप्त गर्दा अमेरिकाबाट करोडौं खर्चर गरेर प्रतियोगिता खेल्न नेपाल आएको बीवाईएससीले ६ लाख रुपैयाँमा चित्त बुझायो।











