Kathmandu Press

फार वेस्टले पोखरालाई हराउँदा काठमाडौं प्लेअफमा

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा फार वेस्टले पोखरा एभेन्जर्समाथि ४२ रनको जित निकालेपछि चौथो हुँदै काठमाडौं प्लेअफमा पुगेको हो।
फार वेस्टले पोखरालाई हराउँदा काठमाडौं प्लेअफमा

काठमाडाैं, पुस १३ : शनिबार भएको नेपाल टि–२० लिगको लिग चरणको अन्तिम खेलमा फार वेस्ट युनाइटेड विजयी भएपछि काठमाडौं नाइट्स प्लेअफमा पुगेको छ ।

कीर्तिपुरस्थित टियू मैदानमा भएको खेलमा फार वेस्टले पोखरा एभेन्जर्समाथि ४२ रनको जित निकालेपछि चौथो हुँदै काठमाडौं प्लेअफमा पुगेको हो।

अन्तिम जितका बाबजुद फार वेस्ट र पारजित भएको पोखरा प्लेअफमा पुग्न सकेनन्। २ जित मात्र निकालेको फार वेस्ट पुछारमा रह्यो भने पोखरा ६ अंकसहित पाँचौं स्थानमा रह्यो । यता, काठमाडौंमा ८ अंकसहित चौथो हुँदै प्लेअफमा पुग्यो।

लिगको अन्तिम खेलमा फार वेस्टलाई जित दिलाउन कप्तान हस्मतुल्लाह शाहिदीले अलराउन्ड प्रदर्शन गरे । उनले ब्याटिङमा अर्धशतक बनाए भने बलिङमा २ विकेट लिए। उनी प्लेअर अफ दी म्याच भए।

फार वेस्टले दिएको १८८ रनको विशाल लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा १४६ रनमै अलआउट भयो । उसका लागि कप्तान उपुल थरंगाले सर्वाधिक ३६ रन बनाए भने युवा अलराउन्डर प्रतिश जिसीले ११ बलमा ५ छक्का प्रहार गर्दै ३४ रन बनाए ।

यस्तै, सिद्धान्त लोहनीले २८ रन बनाउँदा १३ रन बनाए । फार वेस्टक दुर्गेश गुप्ताले ३ विकेट लिँदा शाहिदी र प्रकाश जैसीले समान २ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको फार वेस्टले शाहिदी र विनोद भण्डारीको शतकीय साझेदारीमा ५ विकेटको क्षतिमा १८७ रन बनायो । ओपनिङमा आएका शाहिदी र विनोदले लगारता दोस्रो खेलमा शतकीय साझेदारी गर्ने क्रममा पहिलो विकेटका लागि १३४ रनको सझोदारी गरे।

शाहिदीले ५१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६७ रन बनाए भने विनोदले ४७ बलमा ६ चौका र २ छक्का नै प्रहार गर्दै ५९ रन बनाए। यस्तै, रसिद खानले १४ र मिलिन्डा सिरिवर्दनाले १२ रन बनाए।

विराटनगरका अभिमन्यु मिथुनले २ तथा प्रतिश जिसीले १ विकेट लिए।

 

प्रकाशित मिति: १६:३२ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्