Kathmandu Press

एफए कपमा म्यान्चेस्टर युनाइटेड विजयी

शुक्रबार राति भएको खेलमा युनाइटेडले एभर्टनमाथि ३–१ को जित निकाल्यो।
एफए कपमा म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं, पुस २३ : मार्कस रास्फोर्डले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएपछि एफ एकपमा म्यान्चेस्टर युनाइटेड विजयी भएको छ। शुक्रबार राति भएको खेलमा युनाइटेडले एभर्टनमाथि ३–१ को जित निकाल्यो।

युनाइटेडको जितमा रासफोर्ड र एन्टोनीले गोल गर्दा एक गोल आत्मघाती भएको थियो। एभर्टनका लागि कोनर कोडीले गोल गरेका थिए ।

चौथौ मिनेटमा नै एन्टोनीको गोलमा युनाइटेडले सुरुआती अग्रता लियो। तर, उसको अग्रता १० मिनेटभन्दा बढी टिकेन। १४औं मिनेटमा कोडीले गोल गर्दै एभर्टनलाई खेलमा फर्काए।

पहिलो हाफ १–१ कै बराबरीमा सकियो। दोस्रो हाफको सुरुआतमा युनाइटेडले अग्रता लियो। ५२औं मिनेटमा कोडीले नै आफ्नै पोस्टमा गोल गरेपछि युनाइटेडले अग्रता लिएको थियो।

त्यसपछि इन्जुरी समयमा रासफोर्डले पेनाल्टीबाट गोल गर्दै युनाइटेडलाई ३–१को जित दिलाए।   

योसँगै रासफोर्डले लगातार ५ खेलमा गोल गर्न सफm भए। उनी करियरमा लगातार पाँच खेलमा गोल गरेको यो पहिलो अवसर हो।

युनाइटेड सबै प्रतियोगितामा पछिल्ला ११ मध्ये १० खेलमा विजयी रहेको छ । अब युनाइटेडले इएफएल कपको क्वार्टरफाइनलमा चार्लटनको सामना गर्नेछ ।

प्रकाशित मिति: ०८:०८ बजे, शनिबार, पुस २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्