नेपाल टि–२० लिग : लुम्बिनी र जनकपुर क्वलिफायरमा
लिगमा लुम्बिनी विजेता र जनकपुर उपविजेताका रुपमा क्वालिफायर पुगेका हुन्। लुम्बिनीले १० मध्ये ८ र जनकपुरले ७ खेल जित्यो।
काठमाडाैं, पुस २२ : लुम्बनी अल स्टार र जनकपुर रोयल्स नेपाल टि–२० लिगको क्वालिफायरमा पुगेका छन्। लिगका १० वटै खेल खेलिसकेका दुवै टिम शीर्ष २ मा रहँदै क्वालिफायरमा पुगेका हुन्।
लिगमा लुम्बिनी विजेता र जनकपुर उपविजेताका रुपमा क्वालिफायर पुगेका हुन्। लुम्बिनीले १० मध्ये ८ र जनकपुरले ७ खेल जित्यो।
समूह चरणको अन्तिम खेलमा जनकपुरले लुम्बिनीमाथि २३ रनको जित निकाल्यो। पहिला ब्याटिङ गर्दै जनकपुरले दिएको १६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १३६ रन जोड्यो।
उसका लगि अनिल साहले सर्वाधिक ३५ रन बनाउँदा लहिरू मिलन्थाले ३२ र सुनील धमलाले २७ रन जोडे। जनकपुरका ट्रेभन ग्रिफिथले ३ विकेट लिए भने शमिउल्लाह शिनवारीले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो। उसका लागि विस्फोटक ब्याटिङ ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै नटआउट ४७ रन बनाए।
यस्तै, शराफुद्दिन असरफले ३४ रन र खडक बोहाराले २२ रनको योगदान दिए। बलिङमा लुम्बिनीका सागर ढकाल र कुशल भुर्तेलले समान २ विकेट लिए।











