त्रिभुवन विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौं, पुस १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
आज बिहान दुबईबाट आएका भारतीय नागरि....

काठमाडौं, पुस १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
आज बिहान दुबईबाट आएका भारतीय नागरिक सुनिल हरिरामलाई सुनसहित पक्राउ गरिएको हो। उनी भारतको महाराष्ट्रस्थित ठाणेका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
सुरक्षा जाँचका क्रममा उनीसँग रहेको पाँच सय ग्राम सुन प्रहरीले बरामद गरेको छ। लुकाएर राखेको सुन एक्स–रे गर्ने क्रममा भेटिएको प्रहरीले जनाएको छ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित मिति: १२:०४ बजे, मंगलबार, पुस १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











