Kathmandu Press

काठमाडौंलाई हराएपछि फार वेस्टको प्लेअफ सम्भावना जीवित

बिहीबार टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो। जितसँगै फार वेस्ट युनाइटेडको प्लेअफ सम्भाबना कायमै रहेको छ।
काठमाडौंलाई हराएपछि फार वेस्टको प्लेअफ सम्भावना जीवित

काठमाडौं, पुस २१ : काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ।

बिहीबार टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित हात पारेको हो। जितसँगै फार वेस्ट युनाइटेडको प्लेअफ सम्भाबना कायमै रहेको छ।

फार वेस्टले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो। काठमाडौंका लागि कमलसिंह ऐरीले २१ बलमा २० रन बनाए। कप्तान ज्ञानेन्द्र मल्ल र सन्दीप रजालीले समान १७/१७ रन बनाउँदा सुनाम गौतम १६ रनमा आउट भए।

विरनदिप सिंह १४ रनमा आउट हुँदा सन्तोष कार्की १२ रनमा आउट भए। फार वेस्टका लागि करण केसी, दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २/२ तथा मिलण्डा सिरिबद्र्धने,प्रकाश जैशी र शेर मल्लले समान १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो।  फार वेस्टका लागि हसमतुल्लाह शाहिदी र विनोद भण्डारीले अर्धशतकीय ईनिङ खेले। हसमतुल्लाहले ७६ रन बनाए भने भण्डारीले ७३ रन बनाए।

यस्तै  जनकपुर रोयल्स पनि प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली भएको छ।  बिहीबार टियु मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६६ बलअगावै ६ विकेटले पराजित गरेको हो। पोखराबाट जितको लागि ६९ रनको सामान्य लक्ष्य जनकपुरले ६६ बल अगाबै ४ विकेट गुमाएर पूरा गर्यो। त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो।

लिगको विजेताले ५५ लाख पाउनेछन् भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ। पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ। 

प्रकाशित मिति: १६:३१ बजे, बिहीबार, पुस २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्